ओली–प्रचण्डबीच वार्ता विना निष्कर्ष टुङ्गियो, स्थायी कमिटी बैठक अनिश्चित

ओली–प्रचण्डबीच वार्ता विना निष्कर्ष टुङ्गियो, स्थायी कमिटी बैठक अनिश्चित

काठमाडौं १८ साउन। आज (आइतबार) सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच करिव तीन घण्टा छलफल भएको छ ।

प्रचण्ड वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका थिए भने ओलीले संसदीय दलका उपनेता सुवास नेम्वालाई सहभागी गराएका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्तामा दुवै अध्यक्ष आ-आफ्ना अडानमा कायमै रहेकाले ठोस सहमति नभएको स्रोतले जनाएको छ । नेताहरु सोमबार पुनः छलफलमा बस्ने गरी उठेका छन् ।

स्थायी कमिटी बैठक पुनः सुचारु गर्नेबारे भने कुनै टुङ्गो लागेन ।



ट्रेन्डिङ