बेनिघाट–आरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक कामदारको मृत्यु

बेनिघाट–आरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक कामदारको मृत्यु

गोरखा १८ साउन। आइतबार बिहान बेनिघाट–आरुघाट लार्के सडक निर्माणको क्रममा पहिरो खसेर एक कामदारको मृत्यु भएको छ।

कामको सिलसिलामा धार्चे–२ तातोपानीको पुलपारी जंगलमा पहिरोमा पुरिएर चितवनका महेन्द्र बर्तौलाको मृत्यु भएको हो ।

बिहान सातबजेको पहिरोमा पुरिएर बर्तौलाको निधन भएको सडक निर्माण कार्यदलका प्रमुख मेजर निशान्त क्षेत्रीले जानकारी दिए ।

उक्त सडकखण्ड नेपाली सेनाले निर्माण गरिराखेको छ ।



ट्रेन्डिङ