उदयपुरको बेलका नगरपालिका तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

उदयपुरको बेलका नगरपालिका तनावग्रस्त, प्रहरी र प्रदर्शनकारीबीच झडप

चितवन १८ साउन। प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा उदयपुरको बेलका नगरपालिका तनावग्रस्त बनेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारीले मनलाग्दी र अनियमितता गरेको आरोप लगाउँदै विपक्षी नेपाली कांग्रेससहितको विपक्षी गठबन्धनले नगरपालिका घेराउ गरेको छ ।

यस क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा केही प्रहरीसहित दर्जनभन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । टाउको र खुट्टामा चोट लागेका उनीहरूको स्वास्थ्य केन्द्रस्थित स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

१ हजारभन्दा बढीको संख्या कांग्रेसका कार्यकर्ता नगरपालिका अगाडि प्रदर्शन गरिरहेका छन् । दुवै पक्षका नेता, कार्यकर्ता भेला भएकाले इलाका प्रहरी कार्यालय रामपुरलाई स्थिति नियन्त्रणमा लिन धौधौ परेको छ ।

साउनकाे पहिलो साता नगरपालिकाका उपप्रमुख राजकुमारी चौधरीले नगरपालिकामा मनलाग्दी र भ्रष्टाचार बढेको भन्दै राजीनाको घोषणा गरेयता विपक्षी कांग्रेस आन्दोलित बनेको हो ।

 

 



ट्रेन्डिङ