कोरोना सङ्क्रमणबाट एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

कोरोना सङ्क्रमणबाट एक सातामा विदेशमा २८ नेपालीको मृत्यु

चितवन १८ साउन। बितेका ७ दिनमा विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को सङ्क्रमणबाट विदेशमा २८ नेपालीको मृत्यु भएको छ ।

छिमेकि मुलुक भारतमा मात्र २५, र साउदी अरेबियामा २ र दक्षिण अफ्रिकामा १ जनाले ज्यान गुमाएका हुन् ।

यससँगै सङ्क्रमणका कारण विदेशमा १ सय ८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घले  जनाएको छ ।

विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली रहेको बताउँदै सङ्घले लण्डनबाट आज बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक सङ्क्रमित भएको उल्लेख गरिएको छ ।

 



ट्रेन्डिङ