दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघ्यो

दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या पाँच लाख नाघ्यो

काठमाडौं १८ साउन। दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ ।

शनिबार मात्र मुलुकभर कोरोना भाइरसका १० हजार १०७ नयाँ संक्रमित फेला परेका थिए । यससँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या ५ लाख तीन हजार २९० पुगेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ८ हजार १५३ पुगेको छ ।

कोरोना भाइरसका संक्रमितको आधारमा सबैभन्दा प्रभावित मुलुकको सूचीमा दक्षिण अफ्रिका अमेरिका, ब्राजिल, भारत र रुसपछि पाँचौं स्थानमा आइपुगेको छ । स्वास्थ्य क्षेत्रसँग सम्बन्धित विशेषज्ञहरुले दक्षिण अफ्रिकामा आधिकारिक तथ्यांकभन्दा धेरै गुणा बढी मानिसको मृत्यु कोरोना भाइरसको कारण भएको बताउँदै आएका छन् ।

समग्र अफ्रिका महादेशमा भएका कोरोना संक्रमितमध्ये आधाभन्दा धेरै दक्षिण अफ्रिकामा छन् ।



ट्रेन्डिङ