कोरोना भाइरसको संक्रमणका कारण भारतमा एक मन्त्रीको निधन

कोरोना भाइरसको संक्रमणका कारण भारतमा एक मन्त्रीको निधन

काठमाडौं १८ साउन। कोरोना भाइरसको संक्रमणका कारण भारतको उत्तर प्रदेशको एक मन्त्रीको निधन भएको छ।

संक्रमणका कारण उत्तर प्रदेश  प्राविधिक शिक्षा मन्त्री कमला रानी वरुणको निधन भएको बिबिसी हिन्दीले जनाएको छ।

गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएपछि मन्त्री कमलालाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो।

तर उपचारकै क्रममा आइतबार बिहान उनको निधन भएको छ।

 



ट्रेन्डिङ