सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र

सिद्धार्थ राजमार्ग ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र

चितवन १८ साउन। सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक  ठाउँठाउँमा भास्सिँदा ठुला सवारी साधन अलपत्र परेका छन् ।

विभिन्न स्थानमा सडक भासिएपछि साना सवारी साधन एकतर्फी आवतजावत गर्न दिएपनि ठूला सवारी साधन आवतजावतमा रोक लगाइएको छ ।

डीएसपी गिरीकाअनुसार दोभान बजारदेखि ५ सय मिटर नजिकै झण्डै ३ मिटर पक्की सडकको जग नै भासिएको छ ।

त्यस्तै झुम्सा, चौबिस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ ।

गाउँ नै जोखिमा पर्ने गरि सडक भासिएपछि स्थानीयवासी त्रसित र चिन्तित बनेका छन् ।



ट्रेन्डिङ