दुई मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु

दुई मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु

सर्लाही १८ साउन। शनिबार राति सर्लाहीमा दुई मोटरसाईकल ठोक्किदाँ दुई जनाको मृत्यु भएको छ।

राति ७ बजे लालबन्दी नगरपालिका-१७ घिमिरे चोक स्थित पुर्व पश्चिम लोकमार्गमा दुई मोटरसाईकल ठोक्किएका थिए।

पूर्वतर्फ जादैँ गरेको प्र.नं.२-०३-००३ प ६६८९ नम्बरको मोटरसाइकल र विपरित दिसाबाट आईरहेको ज.१म.२३३ नम्बरको मोटरसाइकल आपसमा जुधेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

दुर्घटनामा सोही ठाँउका ५० वर्षीय ब्रमदेव चौधरी र ईशनाथ नगरपालिका-७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको हो।

चौधरीलाई लालबन्दी स्थित गढिमाई अस्पताल पुर्‍याउदाँ डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।

त्यस्तै टाउको र दाहिने खुट्टामा चोट लागेका साहको उपचारका लागि लालबन्दी स्थित मोडल अस्पताल लगिएको थियो।

थप उपचारको लागि महेन्द्रनगर लग्ने क्रममा उनको बाटोमै मृत्यु भएको हो।

 



ट्रेन्डिङ