Banner News
ओली–दाहालबीच भेटवार्ता, नेता खनाल पनि सहभागी

काठमाडौँ १८ साउन। प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा छलफल जारी रहेको छ।
पार्टीभित्रको विवाद समाधानका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल छलफलमा जुटेका हुन्।
दुई अध्यक्षसहित वरिष्ठ नेता झलनाथ खनाल पनि छलफलमा सहभागी छन् ।
दाहालले खनाललाई पनि साथै लिएर गएका थिए । छलफल बिहान पाैने दशबाट सुरु भएको दाहालका प्रेस संयाेजक विष्णु सापकाेटाले बताए।
केही दिनयता नेकपाका दुई अध्यक्षबीच संवादहीनताको अवस्था थियोे । बिहीबार महासचिव विष्णु पौडेललाई बोलाएर निकास निस्कने गरी छलफल गर्न प्रस्ताव गरेका थिए ।