संक्रमण रोक्न नसके काठमाडौंको अवस्था भयावह हुनसक्छ: विज्ञ

संक्रमण रोक्न नसके काठमाडौंको अवस्था भयावह हुनसक्छ: विज्ञ

काठमाडौं १७ साउन। कोरोना भाइरस ( कोभिड १९ )  रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने चिकित्सकहरूले बताएका छन्।

सरकारले कोभिड १९ रोकथामका लागि गरेको कामको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलन सक्ने संकेत देखिएको चिकित्सकहरुले बताएका हुन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै वरिष्ठ चिकित्सक डा सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड १९ को संक्रमण रोगको रूपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताए।

कोभिड रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अवको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखा पर्ने निश्चित भएको डा दीक्षितले बताए। उनले सरकारले पिसिआर परीक्षणलाई बढाउँदै लैजानुपर्नेमा घटाउँदै लगेको र समुदायमा संक्रमण देखिँदै गएकाले स्थिति भयावह बन्न सक्ने चेतावनी दिए।

यस्तै,इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवा रोग विशेषज्ञ डा बाबुराम मरासिनीले संक्रमण एकठाउँबाट अर्को ठाउँमा जाने अवस्थाबाट जोगाउनुपर्ने बताए। संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताए।



ट्रेन्डिङ