वीरगञ्जमा एक जना महिलाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु

वीरगञ्जमा एक जना महिलाको कोरोनाभाइरस संक्रमणका कारण मृत्यु

चितवन १७ साउन। पर्साको वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाभाइरस (कोभिड १९) संक्रमणका कारण मृत्यु भएको छ ।

उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको थियो । ज्वरो र निमोनिया भएपछि उपचारका लागि अस्पतालमा भर्ना भएकी वीरगञ्ज १६ नगवाकी ५० वर्षीय महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।उनमा श्वासप्रश्वासमा समस्या देखिएको थियो ।

मृत्यु हुनु अघि महिलाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । शुक्रबार अबेर राति आएको रिपोर्टमा मृतक महिलामा कोरोना संक्रमण पोजेटिभ देखाएको नारायणी अस्पतालका डा.निरज सिंहले जानकारी दिए ।

यो सँगै पर्सामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।



ट्रेन्डिङ