इनफ इज इनफका अनशनरत अभियन्तालाई भेटेर देउवाले भने- तपाईंहरूका मागमा हाम्रो समर्थन छ

इनफ इज इनफका अनशनरत अभियन्तालाई भेटेर देउवाले भने- तपाईंहरूका मागमा हाम्रो समर्थन छ

चितवन १७ साउन। शनिबार अनशनरत इनफ इज इनफका अभियन्तालाई भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले ऐक्यवद्धता जनाएका छन्।

इनफ इज इनफले उठाएका मागमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ऐक्यवद्धता जनाएको हो।

बसन्तपुरमा अनशनरत इनफ इज इनफका इलगायतलाई शनिबार भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तुरून्त माग पूरा गर्नुपर्ने बताए।

‘ओली सरकारले उहाँका माग पूरा गर्नुपर्छ,’ देउवाले भने, ‘उहाँलाई बचाउनुपर्छ। कोरोनाबाट पनि मान्छे मर्न दिन हुन्न। यो अभियानलाई ऐक्यवद्धता छ।’

इनफ इज इनफको अभियान तथा प्रदर्शनमा प्रहरीले गरेको धरपकडलाई कांग्रेसले भर्त्सना गरेको सभापति देउवाले बताए।

कांग्रेस पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले इनफ इज इनफले उठाएका माग तत्काल पूरा गर्नुपर्ने बताए।

 

 



ट्रेन्डिङ