पछिल्लो २४ घन्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमित थपिए

पछिल्लो २४ घन्टामा नेपालमा ३ सय १५ जनामा कोरोना संक्रमित थपिए

चितवन १७ साउन। पछिल्लो २४ घन्टामा नेपालमा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले शनिबारको नियमित प्रेस ब्रिफिङमा उपत्यकाका ६ सहित ३१५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ। हाल ५ हजार २ सय ३८ जना संक्रमितको उपचार भइरहेको छ।

यस्तै पछिल्लो २४ घण्टामा ९३ जना निको भएका छन् भने कुल निको हुनेको संख्या १४ हजार ४९२ पुगेको छ ।

हालसम्म नेपालमा ५६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

 



ट्रेन्डिङ