रोल्पामा कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ

रोल्पामा कुटपिटबाट एकको मृत्यु, ६ जना पक्राउ

रोल्पा १७ साउन। रोल्पामा १४ जनाको समूहले कुटपिट गर्दा एकजनाको मृत्गु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाले कुटपिट गरी हत्या गर्ने ६ जनालाई नियन्त्रणमा लिएको छ । रुन्टीगढि गाउँपालिका– ६ भनझ्याङ खोलामा सालडाँडा बस्ने २४ वर्षीय ईश्वर बस्नेतको कुटपिटबाट मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले स्थानीय १४ जनाको समूहले बस्नेतलाई कुटपिट गरेपछि घाईते उनको उपचारको क्रममा मृत्यु भएको बताए ।

रुन्टीगढी गाउँपालिका– ६ सालवाङ बस्ने ६५ वर्षीय गोठे बुढाको दाङ घोराही उमनपा– १२ हापुरबाट घरतर्फ आउँदै गर्दा बस्नेतले साथमा रहेको नगद ५ हजार  र हातमा लगाएको घडी+ लुट्न खोजेपछि स्थानीयलाई खबर गरेका थिए ।

स्थानीयलाई खबर गरे पश्चात १४ जनाको समूहले राती १ बजेको समयमा बस्नेतको घरमा गई ढोका खोल्नुहोस् भनि ढोका ढक्ढकाउँदा  बस्नेत घरको झ्यालबाट हामफालि भाग्ने क्रममा घर नजिकै १४ जनाको समूहले छोपी कुटपिट गर्दा बस्नेत घाइते भएका थिए ।

घाइते बस्नेतलाई उपचारको लागि शनिबार बिहान ६ बजेको समयमा स्वास्थ्य चौकी डुबृङ रोल्पामा ल्याई सामान्य उपचार गराई थप उपचारको लागि दाङतर्फ लैजाने क्रममा रुन्टीगढि गाउँपालिका–६ भनझ्याङ खोला नजिक बस्नेतको मृत्यु भएको थियो ।

 



ट्रेन्डिङ