पाकिस्तानले गर्यो दक्षिणी अफगानिस्तानमा रकेट प्रहार, १५ को मृत्यु

पाकिस्तानले गर्यो दक्षिणी अफगानिस्तानमा रकेट प्रहार, १५ को मृत्यु

एजेन्सी १७ साउन। अफगानिस्तानको दक्षिण भेगतिर पाकिस्तानले रकेट प्रहार गरेको छ। अफगान सेनाका अनुसार दक्षिणी अफगानिस्तानमा रकेट प्रहार भएको हो।

रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ ।

सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ  ।

दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तको एक नगरमा पाकिस्तानी सेनाले रकेट  प्रहार गरेको अफगान सेनाले जानकारी दिएको छ ।

अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको स्पिन बोल्दाक जिल्लामा पाकिस्तानी र अफगानी सुरक्षा फौजका बीचमा शुक्रबार दिनभर जसो भिडन्त भएको थियो ।

सो भिडन्तपछि शुक्रबार साँझपख पाकिस्तानी सेनाले सो जिल्लालाइ लक्ष्य गरेर भारी मात्रामा रकेटकहरुले सो हमला गरेको अफगान सेनाको भनाई रहेको छ ।
उक्त हमलापछि शुक्रबार रातिसम्ममा १५ जना सर्वसाधारणको ज्यान गएको र अरु कम्तीमा पनि ७० जना सर्वसाधारण नराम्ररी घाइते भएका अफगान सेनाले जानकारी दिएको छ ।

सो जिल्लामा सर्वासाधारण नागरिकहरु बाटो हिँडिरहेको मौकामा पाकिस्तानी पक्षबाट अकस्मात रकेटहरु प्रहार भएका थिए ।

 



ट्रेन्डिङ