२४ घन्टामा भारतमा ५७ हजार ११७ जना कोरोनाभाइरस सङ्क्रमित थपिए

२४ घन्टामा भारतमा ५७ हजार ११७ जना कोरोनाभाइरस सङ्क्रमित थपिए

चितवन १७ साउन। छिमकि मुलुक भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो ।

पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् ।

योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७६४ जनाको मृत्यु भएको छ। भारतमा कोरोनाका कारण अहिलेसम्म कुल ३६ हजार ५११ जनाको मृत्यु भएको छ ।



ट्रेन्डिङ