सांसद प्रदीप यादवमा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीस्थित डिभिजन वन कार्यालय शील

सांसद प्रदीप यादवमा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीस्थित डिभिजन वन कार्यालय शील

सिन्धुली १७ साउन। सांसद प्रदीप यादवमा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीस्थित डिभिजन वन कार्यालय शील गरिएको छ।

वन फडानीबारे छानबिन गर्न आएका यादवमा कोरोना संक्रमण पुष्टि भएपछि सिन्धुलीस्थित डिभिजन वन कार्यालय शील गरिएको हो। कार्यालयबाट प्रवाह हुँदै आएका सबै सेवाहरू समेत रोकिएको छ।

वैज्ञानिक वन छानबिन अनुगमन उपसमितिका संयोजक एवं संघीय सांसद प्रदीप यादव वैज्ञानिक वनको अवस्था बुझ्न केही समयअघि सिन्धुली पुगेको थिए। नारायणी अस्पताल वीरगन्जमा शुक्रबार स्वाब परीक्षण गर्दा सांसद यादवमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

उपसमिति संयोजक यादवसहित आएको टोलीले गत बुधबार सिन्धुलीस्थित वन कार्यालय, उपभोक्ता समितिका पदाधिकारीहरू, कार्यालय प्रमुख र सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको थियो। शनिबारदेखि लागू हुनेगरी कार्यालयबाट उपलब्ध हुने सबै किसिमका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द भएको डिभिजन वन कार्यालयले सूचना जारी गरेको छ।



ट्रेन्डिङ