सभामुख अग्नि सापकोटाको सरकारी निवासका एकजना कर्मचारीमा कोरोना संक्रमण

सभामुख अग्नि सापकोटाको सरकारी निवासका एकजना कर्मचारीमा कोरोना संक्रमण

काठमाडौं १७ साउन। प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सरकारी निवासका एकजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

ती कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि सापकोटासहित सभामुख निवासमा कार्यरत कर्मचारीहरूको स्वाब संकलन गरिएको स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले बताएको छ।

लकडाउन खुकुलो पारेपछि पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनानुदिन बढिरहेको छ।

 



ट्रेन्डिङ