PBM News
रुपन्देहीमा खोलाले बगाएर दुई जना वेपत्ता

बुटवल १६ साउन। आज दिउँसो रुपन्देहीमा खोलाले बगाएर दुई जना वेपत्ता भएका छन् ।
सियरी गाउँपालिका बस्ने ६ वर्षकी ज्योति चौधरी र बुटवल उपमहानगरपालिका वार्ड नम्बर ११ झोलुङ्गे पूल बस्ने १९ बर्षीय हरि दर्जीलाई तिनाउ नदिले बगाई बेपत्ता भएका छन ।
सियरीकी ६ वर्षीया चौधरी हुजरआमसँग बाख्रा चराउन गएका बेला तिनाउ नदिमा नुहाउने क्रममा बेपत्ता भएकी हुन् भने दर्जी पौडी खेल्ने क्रममा बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक खडकबहादुर खत्रीले वेपत्ता दुवै जनाको खोजी कार्य जारी रहेको जानकारी दिए ।