पहिलो पटक नेपालमा एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण

पहिलो पटक नेपालमा एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण

चितवन १६ साउन। पहिलो पटक नेपालमा एकै दिन सबैभन्दा धेरैको कोरोना परीक्षण भएको छ।

सरकारले पछिल्लो २४ घण्टामा पहिलो पटक १० हजारभन्दा धेरैको पिसिआर परिक्षण गरेको हो। २४ घन्टायता १० हजार सात सय ६८ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले नियमित प्रेस ब्रिफिङ जानकारी दिए।

सरकारले लकडाउन हटाएसँगै जोखिम बढेको बताइरहँदा पिसिआर परीक्षणको दायरा पनि बढाइएको जनाएको छ।

यसअघि सरकारले सबैभन्दा धेरै सात हजार जनाको पिसिआर परीक्षण गरेको थियो।   स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बिहीबारदेखि परीक्षणको दायरा बढेर १० हजार पुग्‍ने बताएका थिए।



ट्रेन्डिङ