पश्चिम नवपरासीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु

पश्चिम नवपरासीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु

परासी १६ साउन। शुक्रबारबाट पश्चिम नवपरासीमा समुदायस्तरमा कोरोना परीक्षण सुरु गरिएको छ ।

समुदायस्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा शुक्रबारबाट सुनवल नगरपालिकाबाट परीक्षण सुरु गरिएको हो । परीक्षण जिल्लाभरका ७ वटै स्थानीय तहका समुदायस्तरमा सञ्चालन हुने छ ।

संक्रमण समुदाय स्तरमा पुगेको आशंकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय समितिले परीक्षण सुरु गरेको समितिका अध्यक्ष एंव प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले बताए ।
‘पहिलो चरणमा ३ सय जनामा रेन्डम टेस्टिङ सुरु गर्छौं, अवस्था हेरेर त्यसलाई पुन: सूचारु गरिनेछ,’ स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले भने । हालसम्म ३ हजार बढी क्वारेन्टाइनमा बसेर घर गएका छन् । क्वारेन्टाइनबाट समुदायमा कोरोना गए नगएबारे थाहा पाउन पनि परीक्षण सुरु गरिएको ढकालले बताए । क्वारेन्टाइनमा बसेकामध्ये १ सय २२ जनामा पोजिटिभ देखिएको छ ।

परीक्षणमा व्यापार, व्यवसाय गर्नेदेखि उद्योग कलकारखानामा काम गर्ने कामदार, सुरक्षाकर्मी, पत्रकार, बैंक तथा वित्तिय संस्थाका कर्मचारी र समुदायमा बढी घुलमिल भएका व्यक्तिहरुलाई सहभागी गराइएको छ ।

 



ट्रेन्डिङ