महिलालाई भारत पुर्‍याई बेचविखन गरेको आरोपमा दुई व्यक्ति पक्राउ

महिलालाई भारत पुर्‍याई बेचविखन गरेको आरोपमा दुई व्यक्ति पक्राउ

काठमाडौं १९ साउन। नेपाल प्रहरीले महिलालाई भारत पुर्‍याई बेचविखन गरेको आरोपमा दुई व्यक्ति पक्राउ गरेको छ।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरो र शान्ति पुनर्स्थापना केन्द्र नयाँदिल्ली समेतको सहयोगले रोजगारीको प्रलोभनमा पारी महिलालाई भारतमा पुर्‍याउने दुई पुरुषलाई पक्राउ गरेको हो।

नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा खोटाङ, राबा बेसी गाउँपालिका-१ घर भई हाल सुनसरी धरानमा बस्दै आएका ३९ वर्षीय पुष्प परियार र दाङ घोराही उपमहानगरपालिका-९ घर भई हाल काठमाडौं महानगरपालिका-२ लाजिम्पाटमा बस्दै आएका ५६ वर्षीय प्रवीन शबिन शाह रहेका छन्।

झापा, मोरङ र पर्वत जिल्लाबाट ६ जना नेपाली महिलाहरूलाई कुवेत साउदी र इराकमा राम्रो रोजगारीको अवसर छ भनी प्रलोभनमा पारी काठमाडौं ल्याई २०७६ साल फाल्गुन महिना ३० गते दाङ नेपालगञ्ज नाका हुँदै भारतको नयाँदिल्लीसम्म पुर्‍याई एउटा घरको कोठामा राखी बन्धक बनाई शारिरीक तथा मानसिक यातना दिएको थियो।



ट्रेन्डिङ