कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ पुग्यो

चितवन १६ साउन। कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

शुक्रबार थप चार जनाको कोरोना मृत्यु पुष्टि भएको छ । यसअघि कोरोनाकै कारण ५२ जनाको मृत्यु भएको थियो ।

मन्त्रालयका अनुसार मृत्यु हुने चारैजना पर्साका हुन् । पर्साको वीरगन्ज महानगरपालिका ११ श्रीपुर बस्ने ५६ वर्षीय पुरुष, वीरगन्ज १६ कै ३५ वर्षीय पुरुष, वीरगन्जकै ६५ वर्षीय पुरुष र वीरगन्ज स्थायी घर भएर ललितपुर थसिखेल बस्ने ६५ वर्षीया महिलाको निधन भएको हो।



ट्रेन्डिङ