काठमाडौं उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ संक्रमित

काठमाडौं १६ साउन। पछिल्लो २४ घन्टाको अवधिमा काठमाडौं उपत्यकामा ३८ जनामा कोरोना संक्रमण देखिएको छ।
काठमाडौं उपत्यकामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण दर बढ्दै गएको मन्त्रालले जनाएको छ। समुदायमा बढी घुलमिल भएर बस्ने समूहमा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।
काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शुक्रबार थप २२४ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ७७१ पुगेको हो ।बुधबार २१० र बिहीबार २७४ जनामा कोरोना संक्रमण देखिएको थियो।