Banner News
२४ घन्टामा देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिए

चितवन १६ साउन। आज (शुक्रबार) देशभर कोरोनाका २ सय २४ जना संक्रमित थपिएका छन्।
यीसहित देशभर कुल संक्रमितको संख्या १९ हजार ७ सय ७१ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ५१ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार ३ सय ९९ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ३ लाख ७५ हजार ४ सय १६ जनाको पिसिआर परीक्षण भएको छ।
हाल देशभर ५ हजार ३ सय १६ सक्रिय संक्रमित छन्। त्यस्तै ५६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।