भिरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु

भिरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु

चितवन १६ साउन। रोल्पामा भिरबाट खसेको ढुंगा लागेर एक युवकको मृत्यु भएको छ।

रोल्पाको रुन्टिगढी गाउँपालिका-८ मेलटाकुरा निवासी २६ वर्षीय प्रेमबहादुर पुनको बाटोमा हिँडिरहेका बेला अचानक भिरबाट खसेको ढुंगाले लागेर घटनास्थलमै मृत्यु भएको हो।

बिहीबार राति करिब १२ बजेतिर खेतमा पानी लगाउन जाँदै पुनलाई ढुंगाले लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरूङले जानकारी दिए।

 



ट्रेन्डिङ