अफगानिस्तानमा कार बम विष्फोट हुँदा १७ जनाको मृत्यु

अफगानिस्तानमा कार बम विष्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी १६ साउन। बिहीबार अफगानिस्तानमा शक्तिशाली कार बम विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ। अफगानिस्तानको लोगार प्रान्तमा एक सरकारी कार्यालयनजिकै बिहीबार शक्तिशाली कार बम विष्फोट भएको हो ।

तालिबानले मुसलमानको चाड इदको अवसरमा घोषणा गरेको युद्धविरामको पूर्वसन्ध्यामा यो विष्फोट गराइएको हो ।

यद्यपि तालिबानले भने यो घटनाको जिम्मेवारी लिएको छैन । यस विषयमा इस्लामिक संगठन (आईएस)ले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

यो विष्फोट आत्मघाती हुन सक्ने लोगारको गभर्नरका प्रवक्ताले बताएका छन् । यो विष्फोट गराइएको स्थानमा धेरै मानिसहरु इदको लागि आवश्यक सामग्रीहरु खरिद गरिरहेका थिए ।

अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले आतंकवादीहरुले इदको अघिल्लो रातमा आक्रमण गरेको र यो आक्रमणमा धेरै मानिसहरुको मृत्यु भएको बताएको छ । तालिबानका प्रवक्ताले भने यो घटनासँग तालिबानको केही पनि लिनुदिनु नरहेको बताएका छन् ।

 



ट्रेन्डिङ