चितवनको क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा

चितवनको क्यान्सर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीको कोरोना बिमा

चितवन १६ साउन। चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको सञ्चालक समितिको बैंठकले अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

अस्पतालका उपकार्यकारी निर्देशक डा.कृष्णसागर शर्माका अनुसार बैंठकले हरेक स्वास्थ्यकर्मी तथा कामदार कर्मचारीहरुले जनही एक लाख रुपैयाँ पाउने गरी कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित  ६८६ जनाको प्रिमियर बिमा कम्पनीमा पठाएको निर्देशक डा.कृष्णसागर शर्माले बताउनु भयो। बिमा प्रिमियम पठाएको १५ दिनपछि कुनै स्वास्थ्यकर्मी वा कर्मचारीलाई कोरोना संक्रमण भएमा उसले एकलाख रुपैयाँ पाउनेछ ।



ट्रेन्डिङ