कालिकोटमा पहिरो, एकको मृत्य, दुईजना घाइते

कालिकोटमा पहिरो, एकको मृत्य, दुईजना घाइते

कालिकोट १६ साउन। कालिकोटमा पहिरो खस्दा एकजनाको मृत्यु भएको छ ।कालिकोटको पलाँता गाउँपालिका ८ बेरसनकोटको दाम्रीजिउलास्थित कांख्रेपदालोमा पहिरो खस्दा एकजनाको मृत्यु भएको हो ।

केरसनकोटको दाम्री जिउला आउने कुलो मर्मतका लागि गएका स्थानीय कमल रोकायाको पहिरोमा परी मृत्यु भएको हो । उक्त पहिरोमा दुईजना स्थानीय घाइते भएका छन् ।

पहिरोका कारण अवरुद्ध कुलो मर्मतका लागि गाउँबाट गएका स्थानीयले कुलो मर्मत गरिरहेका बेला पहिरो खस्दा कमलको घटनास्थलमै मृत्यु भएको र दुईजना घाइते भएको हो । घाइते हुनेहरुमा पलाँता गाउँपालिका ८ बेरसनकोटका पुनबहादुर रोकाया र नैन रोकाय रहेका छन् ।



ट्रेन्डिङ