लागुऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते

लागुऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते

चितवन १६ साउन। मोरङमा लागुऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका छन्।

मोरङको बुढीगंगा गाउँपालिकामा लागुऔषध कारोबारीको आक्रमणबाट तीन जना प्रहरी घाइते भएका हुन्।

बिहीबार राति गाउँमा लागुऔषध कारोबार हुने भन्ने सूचना प्राप्त भएपछि खटिएको टोलीमाथि आक्रमण भएको हो।

आक्रमणबाट तीन जना प्रहरी घाइते भएको मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए।

‘लागुऔषधसम्बन्धी एक अपरेसनमा खटिएका तीन जना प्रहरी घाइते भएका छन्,’उनले सेतोपाटीसँग भने,’एक जना गम्भीर घाइते छन्।’

घाइतेको उपचार विराट शिक्षण अस्पतालमा भइरहेको छ।

 



ट्रेन्डिङ