काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु

काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु

काठमाडौं १६ साउन। बिहीबार राति काठमाडौंको स्वयम्भूमा सार्वजनिक बस पल्टिदाँ चालकको मृत्यु भएको छ।

राति पौने १२ बजे बा ५९८४ नम्बरको बस ठुलोभर्‍याङ र हलचोक बीचमा उक्त दुर्घटना भएको हो।

चालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त, स्वयम्भूका डिएसपी निरञ्जन भट्टले जानकारी दिए। चालकको पहिचान खुल्न सकेको छैन।

बसपार्कमा पार्किङ गर्न लैजादैँ गर्दा दुर्घटना भएको अनुमान गरिएको छ।



ट्रेन्डिङ