भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघ्यो

एजेन्सी १६ साउन। छिमेकि मुलुक भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा थप ७ सय ७९ जनाको मृत्यु भएको छ ।

भारतमा अहिलेसम्म कोरोनाबाट ३५ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ ।

 

 

 



ट्रेन्डिङ