उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

 उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि

चितवन १६ साउन। उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको छ । जनकपुरस्थित उच्च अदालतका थप एकजना न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो।

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार उच्च अदालत जनकपुरका ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मंगलबार न्यायाधीशसहित अन्य कर्मचारीहरुको स्वाब सङ्कलन गरिएकोमा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । केही दिनअघि उच्च अदालत जनकपुर राजविराज इजलासका न्यायाधीशमा समेत कोरोना संक्रमण पुष्टि भएको थियो ।



ट्रेन्डिङ