क्युवेली औषधी कोरोनाका बिरामीमा प्रयोग गर्न भारत तयार

क्युवेली औषधी कोरोनाका बिरामीमा प्रयोग गर्न भारत तयार

एजेन्सी १५ साउन। क्युवेली औषधी इटोलिजुमावलाई कोभिड -१९ का बिरामीहरुको उपचारमा प्रयोग गर्नका लागि भारतको औषधि नियगमन प्राधिकरणले स्वीकृति दिएको छ । क्युवाको मोलेकुलर इम्मयुनोलोजी सेन्टर (सिआईएम) का निर्देशक इडुवार्डो ओजिटो मगजले ट्वीटरमार्फत यसको जानकारी दिएका हुन् ।

गत अप्रिलदेखि नै क्युवामा कोभिड–१९ को उपचारका लागि यो औषधि प्रयोग भइरहेको छ, यस मोनोक्लोनल एन्टीबडी ड्रग्सले २०१४ मा क्युविन एकेडेमी अफ साइन्सेजबाट राष्ट्रिय अवार्ड पाएको थियो भने २०१५ मा वल्र्ड इन्टेलेक्चुयल प्रपर्टी अर्गनाइजेशनबाट गोल्ड मेडल पाएको थियो ।

इटोलिजुमाव एक मोलेक्लु औषधी हो । यो औषधी लाइन्फोमस र लोकेमियसको उपचारका लागि सिआईएमले विकास गरेको हाे । यस एन्टीबडीले टी–लाइफोसाइट्सको एक्भिेसन र प्रोलिफिकेशन ब्लक गर्ने सामर्थ्य राख्छ अर्थात् इम्मुनोमोडुलेटरको काम गर्छ ।

क्युवाले शक्तिशाली बायोटेक्नोलोजी उद्योग विकास गरेको छ जसले महामारीका दौरान क्युवा र बाँकी विश्वमा पनि कसरी मानिसको ज्यान जोगाउन सकिन्छ भन्ने ध्यान दिन्छ ।



ट्रेन्डिङ