बाघ संरक्षणमा जोड दिनुपर्ने भन्दै सौराहामा मनाइयो विश्व बाघ दिवस

बाघ संरक्षणमा जोड दिनुपर्ने भन्दै सौराहामा मनाइयो विश्व बाघ दिवस

दीपेश चौधरी-

सौराहा १४ साउन । आज विश्व बाघ दिवस । चितवनको सौराहामा पनि जनचेतना मुलक कार्यक्रम गरी मनाइएको छ । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहले बाघ संरक्षण सम्बन्धि सचेतना कार्यक्र आयोजना गरेको हो । स्वास्थ्य वातावरणका लागि बाघ संरक्षण भन्ने नारा सहित कार्यक्रम आयोजना गरिएको हो ।

लक डाउनको कारणले शिथिल रहेको सौराहाको पर्यटन ब्यबसायलाई उकास्नका लागि निकुञ्जमा रहेका बाघ, गैडा लगायत जंगली जनावरको संरक्षण आवश्यक रहेको रत्ननगर नगरपालिकाकी उपप्रमुख विमला दवाडीले बताइन । कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी दुवाडीले जंगल, जमिन र जनावारको सुरक्षा गर्नको लागि युवाहरुको मुख्य भूमिका रहेकोमा जोड दिइन । मानव र जनावर वीच रहेको द्दन्त न्यूनिकरण गर्न र बाघ लगायतको जनावरलाई संरक्षण गर्नका लागि नगरपालिकाले साथ सहयोग सदैव रहने जानकारी दिए ।

कार्यक्रममा मालपुर माध्यामिक विधालयका सह प्रध्यापक शिव नारायण चौधरी, वर्ड एजुकेशन सोसाइटिका अध्यक्ष सरस्वती सेढाइ, वाइल्डलाइफ भिक्टीम फन्डका डोमा पौडेल लगायतले मन्तब्य व्यक्त गरेका थिए । बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष जीत बहादुर तमाङको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको थियो । सामुदायिक वनको मुख्य आकर्षणनै बाघ, गैडा लगाएताका जंगली जनावरहरु हरु हुन । देश विदेशबाट यही जंगली जनावर हेर्नका लागि लाखौ पर्यटकहरु आउने गर्दछन । संकटग्रस्त रहेको बाघको संरक्षण गर्न को लागि सामुदायिक वनले विभिन्न कार्यक्रमहरु संचालन गर्दै जाने अध्यक्ष तमाङले बताए ।

बाघ संरक्षण किन गर्नु पर्दछ र बाघले इको सिस्टममा कस्तो प्रभाव पार्दछ भन्ने विषयमा प्रकास चापागाइले सहजिकरण गर्नु भएको थियो । कार्यक्रम उपस्थीत रहेका विधार्थीहरुका लागि कार्यक्र स्थल देखि टावर सम्म छोटो जीप सफारीको पनि ब्यवस्था गरी जंगल र जंगली जनावरको महत्वको बारेमा जनाकारी दिइएको थियो । सन २०१० को गणना अनुसार नेपालमा १ सय ९८ वटा बाघ रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा सबै भन्दा बढी बाघको संख्या रहेको छ । सन २०१८ को गणना अनुसार नेपालमा बाघको संख्या २ सय ३५ वटा बाघ रहेको छ । जस मध्य चितवन राष्ट्रिय निकुञ्जमा ९३, पर्सा राष्ट्रिय निकुञ्जमा १८, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा १६, बाके राष्ट्रिय निकुञ्जमा २१ वटा बाघ रहेका छन ।  सन् २००८ मा १ सय २१ बाघ रहेका बेला सन् २०२२ भित्र नेपालमा रहेका बाघको संख्या दोब्बर बनाउने नेपाल सरकारको लक्ष्य रहेको छ ।



ट्रेन्डिङ