पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने सरकारको निर्णय, सौराहाको नेचरगाईहरु भने अन्यौलमा

पर्यटन व्यवसाय सञ्चालनमा ल्याउने सरकारको निर्णय, सौराहाको नेचरगाईहरु भने अन्यौलमा

सुनिता लामा –
रत्ननगर, १४ साउन ।  साउन १५ देखि पर्यटन व्यवसाय सञ्चालनमा आउने सरकारको निर्णय संगै नेचर गाईड यशोसीयसन नेपाल सौराह भने अन्यौलमा परेका छन । कोरोना महामारीको प्रत्यक्ष प्रभाव परेको पर्यटन क्षेत्रमा सकृय रुपमा आवद्ध गाईड (पथ प्रदर्शक)हरुमा पनि कोविड १९ को प्रभाव परेको छ ।

साउन १५ देखि पर्या-पर्यटन सञ्चालनमा आउने तर आफुहरुको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स) को समयावधि सकीएको र हाल सम्म नविकरण नभएकोले अन्यौलतामा परेका हुन । चितवन राष्ट्रिय निकुञ्जमा वन्यजन्तु अवलोकनका लागि पर्यटक डुलाउने देखि वन र वन्यजन्तुको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेचरगाईडको निकुञ्जबाट दिने अनुमति पत्र (लाईसेन्स) को नविकरण गराउन नसक्दा निकुञ्जका गाईडहरु चिन्तीत छन । नेचरगाईड जस्तो संवेदनशिल पेशालाईनै पूर्ण रुपमा अंगालेका र यहि पेशामा निर्वाहमुखी हुने अधिकांश गाईडहरु कोविड १९ का कारण समस्यामा परेका छन ।

चालु आर्थीक बर्षको लागिअथवा कोरोना महामारी नहटे सम्मका लागि गत बर्षकै लाईसेन्सको आधारबाट आफुहरु सकृय हुन पाउनु पर्ने यशोसीयसनले माग राख्दै आएको छ । यसै बिषयमा आज रत्ननगर ६ सौराह स्थित चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्धार परिसरमा यशोसियसनले छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चितवन भरका एक हजार बढि गाईडहरुको सहभागीता रहेको यशोसियसनका अध्यक्ष राजेन्द्र धामीले जानकारी दिए ।

पर्यटन व्यवसाय संग प्रत्यक्ष रुपमा सम्वन्धीत रहने गाईड यशोसियसन लाई सम्बन्धित निकाय र सरकारबाट प्रत्यक्षवा अप्रत्यक्ष कुनै पनि किसिमको सहयोग नभएको संघका अध्यक्ष धामीले बताए । कोविड १९ का कारण समस्यामा परेका गाईडहरुहरुका लागि सम्बन्धित निकायबाट आज सम्म न कुनै योजना भए न कुनै राहत कार्यक्रम ।  यसअघि पनि संघले निकुञ्जलाई ध्यानाकर्षण पत्र पठाएको थियो । ध्यानाकर्षण गराएको महिना दिन बितीसक्दा पनि आफुहरुको माग सुनुवाई नभएको उनले बताए ।

उता निकुञ्जले भने राजस्व संग सम्बन्धित गतिविधी आफ्नो तह बाट हुने सम्भावनानै नभएको बताएको छ । यशोसियसनले नै माथील्लो तहमा पहल गरे पछि नेपाल सरकारले निर्णय गरे समस्या समाधान हुन सक्ने चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले बताए । उनीहरुलाई मर्का परेको होला त्यो आफ्नो ठाँउमा छ,मेरो तर्फ बाट सम्भव छैन तर निबेदन आए फरवार्ड गराउन सक्छु। ’ निकुञ्ज प्रमुख भन्नुहुन्छ ।
हाल निकुञ्जमा ७०० बढि नेचरगाईड आबद्ध छन । गत बर्ष चैत ११ गतेबाट जारी भएको लक डाउन साउन ६ मंगलबार मध्यरातिबाट लक डाउन अन्त्य गर्ने निर्णय भएको छ भने साउन १५ गतेबाट होटल, रेष्टुरेण्ट, ट्राभल र टेकिङ एजेन्सी र पर्वतारोहण सम्बन्धि कार्यालयहरु खुला गर्ने सरकारले निर्णय गरेको छ ।



ट्रेन्डिङ