नेपाल तराई लिमिटेडमा कार्यरत्त ४८ मजदुर निकालिए, पुर्नवहालीको माग गर्दै मजदुहरु आन्दोलित

नेपाल तराई लिमिटेडमा कार्यरत्त ४८ मजदुर निकालिए, पुर्नवहालीको माग गर्दै मजदुहरु आन्दोलित

भरतपुर १४ साउन । बहुप्रतिष्ठीत कम्पनीको रुपमा रहेको नेपाल तराई लिमिटेडमा कार्यरत्त मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । सम्झौता सकिएको भन्दै ४८ जना मजदुरलाई कम्पनीले निकालेपछि उनीहरु आन्दोलनमा उत्रिएका हुन । कम्पनीले गत डिसेम्बर महिनाको अन्तिम समयदेखि नै उनीहरुलाई विदा दिएको छ । भरतपुरको गोन्द्राङमा रहेको बोटलर्स नेपाल तराई लिमिटेड कम्पनि बाहिर चैत महिनाको ६ गतेदेखि शान्तिपूर्ण आन्दोलन गर्दै आएका छन् । कम्पनिले निकालेका ४८ जना मजदुर सबैजसो स्थानीय नै छन् ।

उनिहरु पूर्नवहालीको माग गर्दै कम्पनीको प्रवेशद्धारमा धर्ना दिएर बसेका छन् । उनीहरुले कम्पनी विरुद्ध नाराबाजी समेत गरेका छन् । पुसदेखि उनिहरुको रोजगार गुमेको हो । उनिहरुले बैकल्पिक व्यवस्था विना आफुहरुलाई कामबाट निकालेपछि आन्दोलित भएको बताएका छन । चैत महिनाको ६ गतेदेखि निरन्तर शान्तिपूर्ण आन्दोलन गर्दै आएपनि अहिले सम्म उनीहरुको माग संवोधन भएको छैन । यो विषयमा व्यवस्थापक र आन्दोलित मजदुरहरुबीच दुईपटक वार्ता बसेपनि वार्ता विना निश्कर्ष टुगिंएको आन्दोलनरत्त मजदुरहरु बताउँछन् ।

कम्पनी अन्तर्गतको वेयर हाउस विभागमा काम गर्ने उनीहरुको ठकेदार कम्पनी पवन ढुवानीसंग सम्झौता भएको थियो । तर कम्पनीले आफ्नो आवश्यकता अनुसार अन्य विभागमा पनि काम गराउने गरेको संघर्ष समितिका सचिव प्रल्हाद बर्ताैलाले दावी गरे ।झण्डै एक दशक अघिदेखि निरन्तर काम गर्दै आइरहेकोले आफुहरुलाई ननिकाल्न माग उनीहरुको माग छ । आन्दोलनको नेतृत्व गरेका बुद्धिमान सेन्चुरीले पुराना हटाएर नयाँ कामदार राखेकाले आफूहरु आन्दोलित हुनुपरेको बताए । सुरुमा पवन ढुवानीबाट काममा राखिएका उनीहरुलाई हटाएर मारुती ढुवानीलाई कामको जिम्मा दिएको सेन्चुरीले बताए ।

उनीहरुले आफुहरुको माग संवोधन नभए मालसामान तथा कच्चा पदार्थ ढुवानी सम्बन्धीका सवारी साधान आवतजावत पूर्ण रुपमा रोक लगाई तालाबन्दी गर्ने चेतावनी दिएका छन् । मजदुरहरुको माग प्रति स्थानीय टोल विकास संस्थाहरुले पनि ऐक्यवद्धता जनाएका छन् । कम्पनिले यो विषयमा वार्ता गरेर निकास दिनुको साटो छलफलवाट भाग्ने गरेको टोल विकास संस्थाका प्रतिनिधिहरुको भनाई छ । उनिहरुले श्रम ऐन २०७४ ले तोके बमोजिम सामाजिक सुरक्षा लगायतको सम्पूर्ण सेवा तथा सुविधा व्यवस्थापन गर्न माग गरेका छन् । हालसम्मको तलब सुविधा कम्पनीबाट उपलब्ध गराउनुपर्ने समेत उनीहरुको माग छ ।

यता बोटलर्स नेपाल तराई लिमिटेडले भने ठकेदार कम्पनी मार्फत् राखिएका मजदुरहरु आफ्नो सरोकारको विषय नभएको बताएको छ । ठेकेदार कम्पनीबाट राजीनामा दिएर गएकाले उनीहरुको विषयमा आफुहरुले केहि गर्न नसक्ने कम्पनिको भनाईको छ ।



ट्रेन्डिङ