Banner News
कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु, मृतकको संख्या ५१ पुग्यो

वीरगञ्ज १४ साउन। नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या ५१ पुगेको छ ।
६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पताल र ७१ वर्षीय पुरुषको नेशनल मेडिकल कलेजमा मृत्यु भएको हो । वीरगञ्जस्थित नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायका अनुसार ६८ वर्षीय पुरुष ८ गते अस्पताल भर्ना भएका थिए । मुटु र निमोनियाका बिरामी उनको बुधबार विहान उपचारका क्रममा मृत्यु भएको हो ।
यस्तै ७१ वर्षका पुरुष पखाला लागेर उपचारका लागि विभिन्न अस्पताल हुँदै नेशनल मेडिकल कलेजमा पुगेका थिए । उनको मिर्गौलामा समेत समस्या देखिएको थियो ।