जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ

दाङ १४ साउन। मंगलबार दिउँसो तुलसीपुर ३ खमारी स्थित प्रिन्स कटेजभित्र युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तुलसीपुरका एक युवा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ खमारी निवासी २७ वर्षीय होमबहादुर वली छन्।

कटेजभित्र कोठा सफा गरिरहेकी एक २१ वर्षीया युवतीलाई उनले जवरजस्ती बलात्कार गरेको अभियोग लागेको छ।

वलीका विरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरी कार्यलयले बताएको छ ।



ट्रेन्डिङ