सेवाग्राहीको भीडभाड कम गर्न सिडिओ कार्यालय काठमाडौंको नयाँ नियम

सेवाग्राहीको भीडभाड कम गर्न सिडिओ कार्यालय काठमाडौंको नयाँ नियम

काठमाडौं १४ साउन। जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोनाभाइरस जोखिम बढेपछि सेवाग्राहीको भीडभाड कम गर्न नयाँ नियम ल्याएको छ।

सामाजिक दूरी कायम गर्न भन्दै कार्यालयले साउन १८ गतेदेखि लागू हुने गरी नयाँ नियम ल्याएको हो।

जसअनुसार आइतबार काठमाडौं महानगरबासीले कार्यालयबाट सेवा पाउनेछन्। नागरिकता प्रमाणपत्रलगायत सेवा लिन काठमाडौं महानगरबासी आइतबार कार्यालय जानु पर्नेछ।

त्यस्तै सोमबार कीर्तिपुर, नागार्जुन र चन्द्रागिरी नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्। मंगलबार फेरि काठमाडौं महानगरबासीले सेवा पाउँछन्।

बुधबार बुढानिलकण्ठ, टोखा, कागेश्वरी मनोहरा नगरपालिकाले र बिहीबार पुन काठमाडौं महानगरबासीले सेवा पाउँछन्। शुक्रबार गोकर्णेश्वर, दक्षिणकाली, शंखरापुर र तारकेश्वर नगरपालिकाका सेवाग्राहीले सेवा पाउनेछन्।



ट्रेन्डिङ