PBM News
शव व्यवस्थापनमा खटिँदै आएका १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

चितवन १४ साउन। महोत्तरीमा १० जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ।
महोत्तरीको रणभीम गण प्रकौली ब्यारेकमा कार्यरत १० जनामा संक्रमण भएको हो।
उनीहरु कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा खटिँदै आएका थिए।
संक्रमण पुष्टि भएका सबैलाई उपचारको लागि नेपाली सेनाकै बर्दिबासस्थित किशान गंजको आइशोलेसनमा पठाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटवालले जानकारी दिए।