पछिल्लो २४ घण्टामा थपिए २ सय १० जना कोरोना संक्रमित

पछिल्लो २४ घण्टामा थपिए २ सय १० जना कोरोना संक्रमित

चितवन १४ साउन। पछिल्लो २४ घण्टामा थप २ सय १० जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभर कुल संक्रमितको संख्या १९ हजार २ सय ७३ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा कोरोनाबाट १ सय ४६ जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म १४ हजार २१ जना निको भएका छन्।

त्यस्तै ४९ जनाले कोरोनापछि ज्यान गुमाएका छन्।



ट्रेन्डिङ