पाँचथरमा एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला

पाँचथरमा एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला

पाँचथर १४ साउन।पाँचथरमा एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

सुवेदीलाई आज बिहान करीब ७ः३० बजे स्थानीयवासीले मृतावस्थामा फेला पारेपछि प्रहरीमा खबर गरेका थिए ।



ट्रेन्डिङ