PBM News
प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण

जनकपुरधाम १४ साउन। प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका स्टोर किपर, सवारी चालक र एकजना कार्यालय सहयोगीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रदेशको स्वास्थ्य निर्देशनालयका सह-निर्देशक विजय झाले मन्त्रालयका तीनजना कर्मचारीमा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् । उनका अनुसार मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।