राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण

राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण

चितवन १४ साउन। आज (बुधवार) राष्ट्रपतिद्वारा दुईवटा विधेयक प्रमाणिकरण भएको छ ।मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश तथा स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन् ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।



ट्रेन्डिङ