PBM News
रक्षाबन्धनमा घरघरमा गएर धागो बाँध्न रोक

रुकुम १४ साउन। यस वर्षको रक्षाबन्धनमा रुकुमपूर्वमा घरघरमा गएर धागो बाँध्न रोक लगाइएको छ।
ज्योतिष परिषद् रुकुम (पूर्व) ले विगतका वर्षहरुमा झै यस वर्ष घरघरमा गएर धागो बाँध्न नपाइने निर्णय गरेर रोक लगाएको हो ।
सबैको घरघरमा गएर धागो बान्दा कोरोना सर्ने र सङ्क्रमण फैलने भन्दै यस्तो निर्णय गरेको परिषद्का अध्यक्ष चेताराम उपाध्यायले बताउनुभयो ।
जिल्लावासी सबैलाई यसपालिको रक्षाबन्धन घरमै धागो बाँधेर मनाउन आग्रह गरेको सिस्ने गाउँपालिका-६ का वडाध्यक्षसमेत रहेका परिषदका सदस्य सुधन रेग्मीले बताए। रक्षाबन्धन हिन्दू धर्मावलम्बी मनाउने र भाइबहिनीबीचको अटुट प्रेमलाई दर्शाउने एउटा पवित्र पर्व हो।