अमेरिकामा मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु

अमेरिकामा मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु

एजेन्सी १४ साउन। कोरोना भाइरसको संक्रमणको कारण अमेरिकामा मंगलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको छ। गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ।

अमेरिकामा मंगलबार एकै दिनमा ६० हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको संक्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना संक्रमित भएका छन्। भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ।



ट्रेन्डिङ