चीनमा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परे

चीनमा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परे

काठमाडौं १४ साउन। पछिल्लो २४ घण्टामा चीनमा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरसका नयाँ संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका १०१ नयाँ संक्रमित फेला परेका हुन् ।

पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ८९ संक्रमित सिन्चियाङको सुदूरपश्चिम क्षेत्रमा फेला परेका हुन् । अहिले यो क्षेत्रमा मास टेस्टिङको काम भइरहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २७ लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन् ।



ट्रेन्डिङ