भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघ्यो

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १५ लाख नाघ्यो

एजेन्सी १४ साउन। भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका छन्। यससंगै भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७६८ जनाको मृत्यु भएको छ ।यससंगै  भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका नौ लाख ८८ हजारभन्दा धेरै संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।



ट्रेन्डिङ