शुक्रबारसम्म भारी वर्षाको सम्भावना

शुक्रबारसम्म भारी वर्षाको सम्भावना

काठमाडौं १४ साउन। गत सोमबार रातिबाट सक्रिय रहेको मनसुन अझै केही दिन कायम रहने भएको छ। मौसमविद्हरुका अनुसार मनसुन आगामी शुक्रबारसम्म कायम रहने छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको हो ।

सोमबारदेखि नेपालमा मनसुन सक्रिय भई देशाका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ। मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

 



ट्रेन्डिङ